१०३ गाउँपालिकामा संघीय मामिला मन्त्रालयले पठायो नयाँ प्रशासकीय अधिकृत

१०३ गाउँपालिकामा संघीय मामिला मन्त्रालयले पठायो नयाँ प्रशासकीय अधिकृत

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • १०३ गाउँपालिकामा संघीय मामिला मन्त्रालयले पठायो नयाँ प्रशासकीय अधिकृत

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । हालै लोकसेवा आयोगबाट अधिकृत तह उत्तीर्ण गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका उनीहरूलाई गाउँपालिका पठाइएको हो । 

    मन्त्रालयको प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेको मन्त्रालयले जनाएको छ । यो वर्ष लोकसेवाबाट १०७ जना पास भएका थिए । उनीहरूमध्ये ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् । धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा पोस्टिङ भएको छ । 

    केही गर्भवती महिला कर्मचारीलाई पायक पर्ने ठाउँमा, जिल्ला समन्वय समितिको कार्यालयमा पोस्टिङ गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij