पोखरामा स्विमिङ पुलमा डुबेर भारतीयको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर भारतीयको मृत्यु

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • पोखरामा स्विमिङ पुलमा डुबेर भारतीयको मृत्यु

    काठमाडौं । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् ।

    पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनी मंगलबारमात्रै भारतबाट पोखरा आएका थिए ।

    स्विमिङ पुलबाट उद्धार गरेर उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij