काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै यात्रुवाहक बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ३ नम्बर जोड्ने खहरे खोला पुलमा बस दुर्घटना भएको हो ।
बुधबार अपराह्न करिब साढे चार बजे मुग्लिनबाट पोखरा जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस खहरे खोलामा बनेको नयाँ र पुरानो पुलको बीचको भागमा खसेको हो ।
उक्त बसमा १५ जना यात्रुहरू थिए । तीमध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।