अर्घाखाँची जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु, नौ घाइते

अर्घाखाँची जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु, नौ घाइते

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • अर्घाखाँची जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु, नौ घाइते

    काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको डबल क्याप शीतगङ्गा नगरपालिका वाड–१२ हिलेखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन बाँकी छ ।

    यसैगरी, दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा उपचार भइरहेको ठाडा इलाका प्रहरी कार्यालयले जनाएकाे छ । चालकसहित जिपमा १० जना सवार रहेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij