अर्खाखाँचीमा जीप दुर्घटना, १० जना घाइते

अर्खाखाँचीमा जीप दुर्घटना, १० जना घाइते

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • अर्खाखाँचीमा जीप दुर्घटना, १० जना घाइते

    काठमाडौं । बुधवार बिहान करिब ११ बजेको समयमा अर्खाखाँचीमा एउटा जीप दुर्घटनामा परेको छ । अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४७६३ नम्बरको डवल क्याप जीप दुर्घटना भएको बताइएको छ ।

    अर्घाखाँचीको जत्रदेवबाट हिँडेको जीप सडकबाट करिब ६० मिटर तल खस्दा जीपमा यात्रा गरिरहेका १० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

    दुर्घटनामा घाइते भएको सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij