डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, ७ हजार ६४० जनामा संक्रमण

डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, ७ हजार ६४० जनामा संक्रमण

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, ७ हजार ६४० जनामा संक्रमण

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट  पाँच जनाको  मृत्यु भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)को पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो। 

    महाशाखाका अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ। सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन्। कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा  रहेका छन्।

    यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन्। यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij