अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस, मन्त्रीस्तरीय सुविधा पाउने

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस, मन्त्रीस्तरीय सुविधा पाउने

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस, मन्त्रीस्तरीय सुविधा पाउने

    काठमाडौं । सरकारले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । साेमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीस्तरीय सुविधा पाउने गरी यादवलाई अस्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको हाे । 

    अब यादवको नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनुवाइ समितिमा जानेछ । समितिले अनुमोदन गरेमा उनी अस्ट्रेलियाको लागि नेपाली राजदूत बन्नेछिन् ।

    सत्ता गठबन्धनमा भागवण्डा हुँदा अस्ट्रेलियाको राजदूत नेपाली कांग्रेसको भागमा परेको थियो । यसअघि अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएको थियो ।

    तर, अन्तिममा रिजालको नाम फिर्ता भएको थियो । अहिले सोही ठाउँमा यादवको नाम सिफारिस गरिएको हाे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij