इन्द्र जात्राको अक्षयकोष १५ करोड बनाउने पर्यटनमन्त्री पाण्डेको घोषणा

इन्द्र जात्राको अक्षयकोष १५ करोड बनाउने पर्यटनमन्त्री पाण्डेको घोषणा

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • इन्द्र जात्राको अक्षयकोष १५ करोड बनाउने पर्यटनमन्त्री पाण्डेको घोषणा

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । सोमबार इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए । इन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए । जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । इन्द्र जात्रा आगामी असोज एक गते मनाइने भएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij