जेलबाट एकैदिनमा छुटे कांग्रेस सांसद धनबहादुर केसी

जेलबाट एकैदिनमा छुटे कांग्रेस सांसद धनबहादुर केसी

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • जेलबाट एकैदिनमा छुटे कांग्रेस सांसद धनबहादुर केसी

    काठमाडौं । आइतबार जेल चलान भएका लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता धनबहादुर केसी छुटेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका केसी कानुनअनुसार कैद सट्टामा रकम तिरेर सोमबार नै छुटेका हुन् ।

    ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

    श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।

    सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए ।  पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

    उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij