मनोहरा खोलाबाट बालुवा तस्करी गर्ने ८ वटा मिनी टिपर नियन्त्रणमा

मनोहरा खोलाबाट बालुवा तस्करी गर्ने ८ वटा मिनी टिपर नियन्त्रणमा

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • मनोहरा खोलाबाट बालुवा तस्करी गर्ने ८ वटा मिनी टिपर नियन्त्रणमा

    काठमाडौं । प्रहरीले बालुवा तस्करी गरेको भन्‍दै मनोहरा खोलाबाट ८ वटा मिनी टिपर नियन्त्रणमा लिएको छ ।

    काठमाडौं महानगरपालिका–३२ जडिबुटी बैंक्वेट पछाडिको मनोहरा खोला किनारको बालुवा तस्करीमा प्रयोग भएको ८ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले ८ वटा मिनी टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । बा २ ख ८९३७, बा ३ ख ८४१, बा ३ ख ९४६१, बा २ क ९११ नम्बरको रातो प्लेटको मिनी टिपर, बा २ ख ७१७१, बा छ ख २४१६, बा २ ख ८०६५ र बा २ ख २६९१ नम्बरको मिनी टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आइतबार बिहान सवा ३ बजेतिर बालुवा लोड गर्दै गरेको अवस्थामा आरोपमा महोनरा नदी किनारमा प्रहरी पुगेको थियो । त्यसपछि चालकहरु टिपर छाडेर फरार भएको वृत्तले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij