नक्कली प्रमाणपत्र बनाएको आरोपमा ४ जना पक्राउ

नक्कली प्रमाणपत्र बनाएको आरोपमा ४ जना पक्राउ

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • नक्कली प्रमाणपत्र बनाएको आरोपमा ४ जना पक्राउ

    काठमाडौं । डीभी परेपछि कक्षा १२ पासको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएकी ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भएका २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभाको खाँदबारी नगरपालिका–९ घर भएका ४३ वर्षीय सुवा ढकाल छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई पत्राचार गर्दै घटनाबारे जानकारी गराएको थियो । त्यसपछि २१ भदौमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

    पक्राउ परेकाहरुलाई लिखतसम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij