आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु

आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु

    काठमाडौं । पर्सामा ऋषिपञ्चमीका दिन आमासँगै नदीमा नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल नजिकको गंगोल नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा मृत्यु हुनेहरूमा भारत बिहारको बेनिया बनकटवाका बृजेश ठाकुरका छोरा १० वर्षीय गुलशन ठाकुर हजाम र बिहारकै सिक्टाका अनरजित पटेलका छोरा ८ वर्षीय अभिषेक पटेल रहेका छन् । दुवै बालक जगरनाथपुर-५ मसिहानीस्थित मावलीघरमा बस्दै आएका थिए ।

    आइतबार अपराह्न ४ बजेतिर गाँउका महिलाहरु ऋषिपञ्चमीका दिन गंगोल नदीमा नुहाउन गएका बेला ती दुवै बालक पनि आफ्नी आमासँगै गएका थिए । महिलाहरू नदीमा नुहाइरहेका बेला ती दुवै बालक पनि नुहाउन नदीमा पसेका थिए । नदीमा पसेका दुवै बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

    दुवै शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij