घुससहित पक्राउ परेका पोखराका इन्जिनियरलाई १ लाख ७५ हजार जरिवाना, ८ महिना कैद

घुससहित पक्राउ परेका पोखराका इन्जिनियरलाई १ लाख ७५ हजार जरिवाना, ८ महिना कैद

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • घुससहित पक्राउ परेका पोखराका इन्जिनियरलाई १ लाख ७५ हजार जरिवाना, ८ महिना कैद

    काठमाडौं । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिन घुस लिएपछि अख्तियारले पक्राउ गरेको पोखरा महानगरपालिका इन्जिनियर, सवइन्जिनियर र मतियार दोषी ठहर भएका छन् । महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुवँरलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको हो ।

    विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारी र रितेन्द्र थापाको इजलासले तीनै जनालाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ ।

    बराल र रोकायालाई एक लाख ५० हजार रुपैयाँ जरिवाना र ८ महिना कैदको फैसला भएको विशेष अदालतले जनाएकाे छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेकाले सोही उपदफा अनुसार कैद र जरिवानाको फैसला भएको छ ।

    एक लाख ७५ हजार जरिवाना, आठ महिना कैद

    मतियारको काम गरेको कुवँरलाई ८७ हजार ५०० रुपैयाँ र चार महिना कैद तोकिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा कैद र जरिवाना तोकिएको जनाइएकाे छ ।

    घर निर्माणको सम्पन्नप्रमाणपत्र बनाइदिए बापत मोलमोलाइ गरी गोदार इन्जिनियरिङ कन्सल्टेन्सिका कुवँरमार्फत सवइन्जिनियर रोकायले दुई लाख रुपैयाँ लिएको पुष्टि भएको छ ।

    सवइन्जिनियर रोकायमार्फत इन्जिनियर बरालले आफ्नो बैंक खातामा एक लाख ५० हजार रुपैयाँ राखेको प्रतिवादीको वयान र उजुरीकर्ताको बकपत्रबाट खुलेको छ ।

    घर नक्सा पासको प्रमाणपत्र लिनलाई रकमको मोलमोलाइ गरेपछि पोखरा महानगरपालिका- १० का सुदीप तिवारी, केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले उजुरी दिएका थिए ।

    सुरुमा उनीहरूले घर सम्पन्नताको प्रमाणपत्र लिनलाई दुई लाख रुपैयाँ बुझाए । त्यसपछि दोस्रो पटक डेढ लाख रुपैयाँ बुझाउने क्रममा चैत २८ गते सवइन्जिनियर रोकाया र गोदार कन्सल्टेन्सीका कुवँर रंगेहात पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले रंगेहात पक्राउ गरी अनुसन्धानको क्रममा इन्जिनियर बराल तानिएका हुन् । विशेष अदालतलमा वैशाख २० गते मुद्दा दर्ता भएको थियो ।

    इन्जिनियर बरालको बैंक खातामा जम्मा गरेको दुई लाख रुपैयाँ जफत गरेर उजुरीकर्तालाई भराइदिने फैसला भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij