सुन्दरीजलमा मृत भेटिएकी युवतीको हत्या भएको पुष्टि, दुई जना पक्राउ

सुन्दरीजलमा मृत भेटिएकी युवतीको हत्या भएको पुष्टि, दुई जना पक्राउ

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • सुन्दरीजलमा मृत भेटिएकी युवतीको हत्या भएको पुष्टि, दुई जना पक्राउ

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ । 

    सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।

    सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका प्रहरीले जनाएकाे छ । मृत महिला सिराहाकी राम दुलारी भएको भन्रेमात्र थाहा भएकाे प्रहरीले जनाएकाे छ । 

    यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।

    प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij