गौशालामा टयाक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु

गौशालामा टयाक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • गौशालामा टयाक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु

    काठमाडौं । गौशालाको ईटाटारमा टयाक्टर दुर्घटनामा परि एक छात्राको मृत्यु भएको छ । आइतबार गौशाला नगरपालिका -३ ईटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको ९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

    बालिका स्थानीय जनता आधारभुत विद्यालय ईटाटारमा कक्षा ३ अध्ययनरत थिइन् । आइतबार बिहान साइकलमा चढेर विद्यालय आउँदै गर्दा बालिकाको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिले जनाएकाे छ ।

    टयाक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमको लागि पठाउने तयारी भइरहेको छ । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij