कोरोना बीमा रकम भुक्तानी माग्दै बीमक संघद्वारा सर्वोच्चमा रिट

कोरोना बीमा रकम भुक्तानी माग्दै बीमक संघद्वारा सर्वोच्चमा रिट

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • कोरोना बीमा रकम भुक्तानी माग्दै बीमक संघद्वारा सर्वोच्चमा रिट

    काठमाडौं । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।

    सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ ।

    सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

    सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।

    सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij