उड्नै लागेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि...

उड्नै लागेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि...

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • उड्नै लागेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि...

    काठमाडौं । बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएको छ । पोखराबाट काठमाडौंका लागि उडान भर्न ठिक्क परेको बुद्ध एयरको यु४ ६१६ उडान नम्बरको जहाजको इन्जिनमा समस्या आएको हो ।

    जहाज पार्किङबाट रनवे (धावनमार्ग) पुगेर उडानका लागि ‘हाई स्पिड’ लिइसकेको थियो । तर, उडनका लागि स्पिड लिइसकेको जहाज एक्कासी रोकिएको थियो । त्यसपछि विमानका पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको भन्दै जहाजलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट पुनः पार्किङमा फर्काइएको जहाजमा सवार एक यात्रुले बताएका छन् ।

    ती यात्रुका अनुसार रनवेमा जहाज एक्कासी रोक्किएपछि जहाज केही अनियन्त्रित भएको थियो । तर, पाइलटले केहीबेरमै जहाजलाई नियन्त्रणमा लिएका थिए । उडान भर्न स्पिड लिइसकेको जहाज एक्कासी रोकिँदा यात्रुहरुमा त्रास सृजना भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij