कर्णाली राजमार्गमा हाइस दुर्घटना हुँदा ८ जना घाइते, पाँचको अवस्था गम्भीर

कर्णाली राजमार्गमा हाइस दुर्घटना हुँदा ८ जना घाइते, पाँचको अवस्था गम्भीर

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • कर्णाली राजमार्गमा हाइस दुर्घटना हुँदा ८ जना घाइते, पाँचको अवस्था गम्भीर

    काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा-५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएकाे र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    हाइसमा १८ जना सवार रहेका थिए । घाइते हुनेहरूमा सिञ्जा-३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी–६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij