रौतहटस्थित बागमती नदीमा एक युवकको शव फेला

रौतहटस्थित बागमती नदीमा एक युवकको शव फेला

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • रौतहटस्थित बागमती नदीमा एक युवकको शव फेला

    काठमाडौं । रौतहटमा एक युवकको शव फेला परेको छ । शनिबार वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको हो ।

    सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटले जनाएकाे छ ।

    भेटिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ । बरामद शवको सनाखत भएको छैन । 

    मृतकको पहिचान खुलाउनका लागि सबैले सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij