काठमाडौं । सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–३ फिस्लिङ नजिकै बिहान साढे ७ बजे सुक्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा गाडी चल्न सकेका छैनन् । अहिले पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए ।