तीजमा ३ लाख बढी वर्तालुले गरे पशुपतिनाथको दर्शन

तीजमा ३ लाख बढी वर्तालुले गरे पशुपतिनाथको दर्शन

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • तीजमा ३ लाख बढी वर्तालुले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

    तीन लाख भन्दा बढी भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पर्वका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो ।

    बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।

    पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको थियो । कोषले तीजका अवसरमा वर्तालु महिलालाई मात्र प्रवेश गराएको छ ।

    धेरैभन्दा धेरै महिला वर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij