बैतडीमा बलात्कार आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

बैतडीमा बलात्कार आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बैतडीमा बलात्कार आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

    काठमाडौं । बैतडीमा जबजस्तीकरणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ बस्ने स्वास्थ्यकर्मी जनकसिंह धामी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । 

    बुधबार ३१ वर्षीया एक महिलाले धामीले आफूमाथि बलात्कार गरेको भनी दिएको जाहेरीका आधारमा उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

    सिगास गाउँपालिका अन्तर्गत रहेर स्वास्थ्य संस्थामा काम गर्ने धामीलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    महिलाले केही दिन पहिले पनि स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । स्थानीय र जनप्रतिनिधीहरुले सो विषय मिलाएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij