सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाडौं महानगरको पत्र

सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाडौं महानगरको पत्र

बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • सात वटा सहकारीलाई कारबाही गर्न सीआईबीलाई काठमाडौं महानगरको पत्र

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सात वटा सहकारीलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पत्र पठाएको छ । ४० वटा सहकारीको अनुगमन गर्दा सात वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि पत्र पठाएको जनाएको छ ।

    अनुसन्धानका लागि लेखी पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् । यसमा बचत तथा ऋणतर्फ सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । 

    यस्तै, आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ । बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले ब्युरोमा पठाइएको सहकारी विभागले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij