तिनाउ खोलाले बगाएर एक जनाको मृत्यु

तिनाउ खोलाले बगाएर एक जनाको मृत्यु

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • तिनाउ खोलाले बगाएर एक जनाको मृत्यु

    काठमाडौं । तिनाउ खोलाले बगाएर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–९, बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

    बुधबार दिउँसो १२.१५ बजेतिर कुमालको शव माथागढी–३, स्थित तिनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । माथागढी–३, सिमलघाटस्थित तिनाउ खोला तर्ने क्रममा कुमाललाई खोलाले बगाएर मृत्यु भएको तानसेन–९, का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij