पशुपतिमा ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

पशुपतिमा ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • पशुपतिमा ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका ३ दिन सम्म पशुपति क्षेत्रका ४ किल्लामा दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ ।

    प्रशासनले आज एक सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो ।

    तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij