सीईईको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

सीईईको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • सीईईको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

    समिति सभापति अम्वरबहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए ।

    त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij