नेपाल बन्यो दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको अध्यक्ष

नेपाल बन्यो दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको अध्यक्ष

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • नेपाल बन्यो दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्चको अध्यक्ष

    काठमाडौं । दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलन काठमाडाैंमा चलिरहेको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हरेक चुनावले नागरिकको इच्छा र आकाङ्क्षालाई प्रतिविम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक देशको दायित्व भएको बताए । उनले नेपाली नागरिक जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने पनि बताए ।

    सम्मेलनमा ‘चुनावका जल्दाबल्दा मुद्दा : जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल भइरहेको छ । उद्घाटन सत्रका अवसरमा मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे । योसँगै नेपाल आजदेखि दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को अध्यक्ष भएको छ ।

    सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलङ्का, माल्दिभ्सलगायत देशका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् । सम्मेलन भोलिसम्म चल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij