गृह मन्त्रालयको झुठो सूचना बनाइ सार्वजनिक बिदा भनेर प्रचारप्रसार गर्ने एकजना पक्राउ

गृह मन्त्रालयको झुठो सूचना बनाइ सार्वजनिक बिदा भनेर प्रचारप्रसार गर्ने एकजना पक्राउ

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • गृह मन्त्रालयको झुठो सूचना बनाइ सार्वजनिक बिदा भनेर प्रचारप्रसार गर्ने एकजना पक्राउ

    काठमाडौं । 'आज सार्वजनिक बिदा' भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ । गृह मन्‍त्रालयको पुरानो सूचनालाई भदौ १९ गते (बुधबार) को सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । 

    गृह मन्त्रालयले यसबारेमा साइबर ब्युरोलाई पत्राचार गरेसँगै जिल्ला प्रहरी कार्यालय चितवनलाई सम्पर्क गरिएको थियो। कार्यालयले ती व्यक्तिलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    उनले नै उक्त सूचना बनाएर प्रकाशन गरिएको हो वा होइन भन्नेबारे साइबर ब्युरोसँग समन्वय गरी पुष्टि गर्न खोजिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij