काठमाडौंको तारकेश्वरमा खोलाले बगाएर किशोर बेपत्ता

काठमाडौंको तारकेश्वरमा खोलाले बगाएर किशोर बेपत्ता

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौंको तारकेश्वरमा खोलाले बगाएर किशोर बेपत्ता

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । 

    हिजो साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका हुन् । 

    उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij