प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन मोदीको माग

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन मोदीको माग

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन मोदीको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन माग गरिएकाे छ। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले यस्ताे माग गरेका हुन् । 

    अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै माेदीले उनलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन्। प्रचण्डले समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको र सबै परिवर्तनहरूको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने उनकाे भनाइ थियाे। 

    ‘जनयुद्ध लडेका पार्टीका कमान्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशी, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो,'उनले भने, 'तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यी सबैको जनक भनिनुपर्छ।' 

    मोदीले जनयुद्धलाई हिंसा भन्ने भए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गरे। उनले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरे।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij