एक वर्षभित्रै नेपालको चुच्चे नक्सासहितको नयाँ नोट ल्याउँदै राष्ट्र बैंक

एक वर्षभित्रै नेपालको चुच्चे नक्सासहितको नयाँ नोट ल्याउँदै राष्ट्र बैंक

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • एक वर्षभित्रै नेपालको चुच्चे नक्सासहितको नयाँ नोट ल्याउँदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बढीमा १ वर्षभित्र बजारमा ल्याउने भएको छ । बैंकले लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा राखेर नोट छपाइको प्रक्रिया अगाडि बढाएको हो ।

    थोरैमा ६ महिना र धेरैमा १ वर्षभित्र बजारमा चुच्चे नक्सासहितका नोटहरु चलनचल्तीमा ल्याइने राष्ट्र बैंकले जनाएकाे छ । 

    इन्डोनेसिया, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायतका देशहरुमा नेपालको नोट छापिँदै आएको छ । 

    राष्ट्र बैंकले सुरुमा १ सय रुपैयाँ दरका नोटहरुमा चुच्चे नक्सासहित छाप्नेछ । एक सय रुपैयाँका नोटहरुको मौज्दात अन्यको तुलनामा कम भएपछि मन्त्रिपरिषदबाटै नयाँ नक्सासहितको नोट छपाइको निर्णय पारित गरिएको थियो । 

    राष्ट्रबैंकको ऐन २०५८ बमोजिम नोट वा सिक्कामा छापिने चित्र, नक्सा सरकारको अनुमतिमा निर्धारण गर्न पाइने व्यवस्था छ । सोही ऐनअनुसार मन्त्रिपरिषदले यसअघि नै एक सय दरका नयाँ नोटमा चुच्चे नक्सा छाप्ने अनुमति राष्ट्र बैंकलाई दिइसकेको छ ।

    अनुमति पाएसँगै बैंकले एक सय दरका नोटमा नयाँ नक्सा समावेश गरेर छपाइको काम अगाडि बढाएको हो ।

    बैंकले कति संख्यामा नयाँ नक्सासहितको नोट बजारमा आउँछ भन्ने खुलाएको छैन । यद्यपि एक सयपछि बैंकले आवश्यकताका आधारमा नोटको चक्रअनुसार नै नयाँ नक्सासहितको नयाँ नोट बजारमा ल्याउने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij