शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन राजेन्द्र लिङ्देनको माग

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन राजेन्द्र लिङ्देनको माग

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन राजेन्द्र लिङ्देनको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले भक्तपुरस्थित शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसमक्ष माग राखेका छन् । आज बसेको प्रतिनिधिसभा वैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले प्रत्यारोपण केन्द्रले निकै राम्रो काम गरिरहेको बताए ।

    सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनामा ३०० बेडको संरचना बनाउने र अहिले दिइराखेको सेवामा उल्लेख्य वृद्धि हुने केन्द्रको दाबी रहेको उनले सुनाए ।

    त्यही नजिकै जग्गा छ भक्तपुर इँटा टायल कारखानाको जग्गा समेत रहेको भन्दै लिङ्देनले भने, ‘यो संवेदना सबभन्दा बढी प्रधानमन्त्रीमा हुनुपर्छ । किनकी उहाँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ । अरुको संवेदनालाई बुझेर कुनै तर्क नगरी प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दैछु ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij