संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा खतिवडा

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा खतिवडा

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा खतिवडा

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् ।

    प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४३ को  दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिएका हुन् । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij