पर्यटन विभागको महानिर्देशकमा नारायण प्रसाद रेग्मी नियुक्त

पर्यटन विभागको महानिर्देशकमा नारायण प्रसाद रेग्मी नियुक्त

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • पर्यटन विभागको महानिर्देशकमा नारायण प्रसाद रेग्मी नियुक्त

    काठमाडौं । पर्यटन विभागको महानिर्देशकमा डा. नारायण प्रसाद रेग्मी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. रेग्मीलाई विभागको महानिर्देशकमा पठाएको हो । 

    तत्कालीन महानिर्देशक रुद्र प्रसाद पण्डितको सरुवा भएसँगै रिक्त पदमा डा. रेग्मीलाई विभागको नेतृत्व दिएको हो । 

    सरल, भद्र र इमान्दार प्रशासकका रूपमा लिइने डा. रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समय अघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij