गण्डकीका मन्त्री मनाङेको राजीनामा स्वीकृत

गण्डकीका मन्त्री मनाङेको राजीनामा स्वीकृत

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • गण्डकीका मन्त्री मनाङेको राजीनामा स्वीकृत

    काठमाडौं । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन्।

    सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए ।

    मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।

    मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij