काठमाडौं । धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका आइफोनसहित एक जना पक्राउ परेका छन् । आज धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थलबाट आइफोनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं पठाउने भनि घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीले कार्टुनमा प्याक गरी ल्याएका आइफोन प्रहरीले बरामद गरेको छ ।
करिब ८ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ ।