नक्कली नोट बनाउने मेसिनसहित गिरोह पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित गिरोह पक्राउ

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • नक्कली नोट बनाउने मेसिनसहित गिरोह पक्राउ

    काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये दुई जना भारतीय र ६ जना नेपाली छन् ।    

    पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार छन् । यस्तै नक्कली नोटको कारोबारमा संलग्न काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । नक्कली नोटको कारोबार गर्ने गिरोह नै पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

    मधुवनी गाउँको दशनजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो । घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । 

    त्यस क्षेत्रमा यसअघि पनि नक्कली नोटको कारोबारी पक्राउ परिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij