धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किदाँ ३ जना घाइते

धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किदाँ ३ जना घाइते

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किदाँ ३ जना घाइते

    काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् ।

    काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश प्रदेश ०३–००१–६८१४९ नम्बरको बस र चितवनतर्फबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८२४१ नम्बरको ट्रक आज दिउँसो १२ बजेतिर ठोक्किएका थिए ।

    सो दुर्घटनामा मानवीय क्षति भएको छैन । बस चालक र दुई महिला सामान्य घाइते छन् । उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनापछि केहीबेर बन्द भएको सडक प्रहरीले खुलाइसकेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij