ललिता निवास किर्ते प्रकरण : हााजिर हुन गएका पूर्वमन्त्री जोशीसँग ३ लाख धरौटी माग

ललिता निवास किर्ते प्रकरण : हााजिर हुन गएका पूर्वमन्त्री जोशीसँग ३ लाख धरौटी माग

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • ललिता निवास किर्ते प्रकरण : हााजिर हुन गएका पूर्वमन्त्री जोशीसँग ३ लाख धरौटी माग

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास किर्ते प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग ३ लाख ३० हजार धरौटी माग गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले जोशीसँग ३ लाख ३० हजार रुपैयाँ धरौटी मागेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) जोशी लगायत ३१२ जना विरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । 

    सीआईबीले अनुसन्धानका क्रममा फरार आरोपितको सूचीमा आफ्नो नाम राखेको सार्वजनिक भएपछि उनी सीआईबीमै उपस्थित भएका थिए । तर, सीआईबीले फरार भनेरै सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले पनि फरार सूचीमै राखेर उनीविरुद्ध मुद्दा चलाएको थियो ।

    अदालतमा फरार अभियुक्त नहुन जोशी आफैँ आइतबार (हिजो) त्यहाँ हाजिर हुन पुगेका थिए । त्यसक्रममा न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले उनीसँग तीन लाख ३० हजार रुपैयाँ धरौटी मागेको हो । अदालतको आदेशपछि जोशी धरौटी बुझाएर घर फर्किएको काठमाडौं जिल्ला अदालतले जनाएकाे छ । 

    जोशीमाथि ०६८ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेर किर्ते काम गरेको अभियोग लगाइएको छ । यसअघि विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वमन्त्री जोशीलाई सफाइ दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बदनियत नदेखिएको जनाउँदै विशेष अदालतले सफाइ दिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij