हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१९, नेवारीपानीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनतर्फबाट हेटौंडा आउँदै गरेको वाप्र ०३-००१ ख २०८६ नम्बरको ट्रकले बाप्र ०२-०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक सुवेदीको मृत्यु भएको हो ।

    हेटौंडाबाट मनहरीतर्फ गइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा चालक घाइते भएका थिए ।

    हेटौंडा उपमहानगरपालिका-९ का २५ वर्षीय सुवेदीको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक चन्द्रप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij