वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर, जिप र कारको आयातमा ४० प्रतिशतले कमी

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर, जिप र कारको आयातमा ४० प्रतिशतले कमी

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर, जिप र कारको आयातमा ४० प्रतिशतले कमी

    पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । 

    गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । 

    गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका ३ हजार ५ सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष साउनमा भने ९४ करोड ४८ लाख रुपैयाँका ७ हजार १ सय ५० थान मोटरसाइकल आयात भएका थिए ।  

    वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाख रुपैयाँका १ सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए। 

    गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij