काठमाडौं । ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्ता छिन् । आइतबार साँझ ७ बजेतिर उनले बागमतीमा हामफालेकी थिइन् ।
हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका पुलमुनि अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि भेटिएको थियो ।
भेटिएका कागजपत्र तथा मोबाइल हामफाल्ने युवतीकै हो वा अन्य युवतीको हो भन्ने यकिन भइसकेको छैन । हामफालेकी युवतीको अझै खोजी जारी राखे पनि अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ ।
युवतीको खोजीका लागि सशस्त्र प्रहरीको नं. २१ गणबाट इन्स्पेक्टरको कमाण्डमा १३ जना र नं. २ विपद् उद्धार गणबाट असईको कमाण्डमा ४ जना गोताखोर सहित ९ जनाको टोली परिचालन गरिएको छ ।