डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु

सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । चितवनमा डेङ्गु सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्ति शनिवार राति ज्यान गएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना भएका थिए ।

    चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा सात सय जनाभन्दा धेरैमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म ६ हजारभन्दा धेरैमा डेङ्गुको सङक्रमण पुष्टि भइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij