काठमाडौं । धादिङको गजुरीमा लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका–६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालन भएको हो ।
बिहान ८ बजे सडकमा लेदो माटो खसेपछि सवारीसाधन आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
अहिले सडकमा खसेको लेदो हटाउने काम भइरहेको छ । सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्णरुपमा सञ्चालन हुनेछ ।