काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कायम भएको छ । आइतबार पनि ६ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँमा कायम भएको छ ।