पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते

    काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । आइतबार अध्यक्ष विपुल पोख्रेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

    “महासङ्घको सबैखाले अभियानमा महत्त्वपूणर्ण साथ, सहयोग र रचनात्मक ऊर्जा दिने सबै साथीहरूप्रति आभार प्रकट गर्दै मिति २०८१ असोज ५ गते महासङ्घको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँदछु,” अध्यक्ष पोख्रेलले विज्ञप्तिमा भनेका छन् ।

    उनले निर्वाचन सम्पन्न गर्नका लागि सबैले रचनात्मक सहयोग गर्न अपिलसमेत गरेका छन् ।

    यसअघि पनि महासङ्घले निर्वाचनका लागि पटकपटक मिति तोकिएको थियो तर, हुन भने सकेन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij