मुख्यसचिवमा अर्यालकाे नियुक्तपछि सचिव ज्ञवालीद्वारा राजीनामा

मुख्यसचिवमा अर्यालकाे नियुक्तपछि सचिव ज्ञवालीद्वारा राजीनामा

शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • मुख्यसचिवमा अर्यालकाे नियुक्तपछि सचिव ज्ञवालीद्वारा राजीनामा

    काठमाडौं । मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै सचिव डा.तोय नारायण ज्ञवालीले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत ज्ञवालीले आगामी २२ भदौदेखि अवकाश पाउन लागेका थिए ।

    हालका सचिवहरुमध्ये वरियतामा उनी पहिलो स्थानमा थिए । तर, सरकारले कार्यक्षमताका आधारमा एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको राजीनामा पनि स्वीकृत गरेको छ ।

    अर्याल १५ भदौपछि लागू हुने गरी मुख्यसचिव बनेका हुन् ।

    मुख्यसचिवको प्रतिस्पर्धामा पहिलो बरियतामा तोयनारायण ज्ञवाली, दोस्रोमा रामकृष्ण सुवेदी र तेस्रोमा दिनेश भट्टराई थिए। चौथो नम्बरमा रहेका अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जितेर मुख्यसचिव भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij