टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित विभिन्न १० देशको स्वागत

टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित विभिन्न १० देशको स्वागत

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • टीआरसी विधेयक पारित भएकोमा अमेरिकासहित विभिन्न १० देशको स्वागत

    काठमाडौं ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् ।

    अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् । उनीहरूले आज संयुक्त वक्तव्य निकालेर पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

    नेपालको इतिहासको यो खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको वक्तव्यमा उल्लेख छ ।

    unn.prixa.net

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij