फेरि बढ्यो अण्डाको मुल्य, अब प्रतिक्रेट कति ?

फेरि बढ्यो अण्डाको मुल्य, अब प्रतिक्रेट कति ?

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • फेरि बढ्यो अण्डाको मुल्य, अब प्रतिक्रेट कति ?

    काठमाडौं ।  अन्डाको मुल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलि शुक्रबारदेखि लागू हुने गरी अन्डाको मुल्य बढाएको हो।

    लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो । अब प्रतिक्रेट मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ पर्ने भएको छ । 

    यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ५ सय ५ तय गरेको थियो ।

    यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij