भक्तपुर । भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको छतबाट लडेर मृत्यु भएको हो ।
बैद्य बुधबार साँझ पौने ६ बजे छतबाट धानखेतमा खसेका गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनको काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोस्टमार्टम गरिएको छ ।